खेमराज सुनार – सल्यान प्रेस
भाद्र ५, सल्यान । सल्यान दार्मा गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री जनकल्याण आधारभूत विद्यालय (जलेखर्क) भालुमारे सल्यानमा आज उज्यालो युवा क्लब र रञ्जना कामीकाे पहलमा विद्यार्थीहरुलाई १९ हजार बराबरकाे शैक्षिक सामाग्री वितरण गरिएको उज्यालो युवा क्लबका सचिव घनराज खड्काले जानकारी दिनु भएको छ।
नवलपरासी घर भइ हाल दाङ जिल्लामा अबस्थित मेट्राे कलेजमा कानुन अध्ययनरत समाजसेवी रञ्जना कामीले उक्त सामाग्री ल्याउनु भएको थियो। दुर्गममा बालबालिकालाई केही राहत भने भावना का साथ उज्यालो युवालाई सहकार्य गर्न अनुरोध गर्नु भएको र क्लबले उक्त अनुरोध लाई समानका साथ सहकार्य गर्न तयार भएको क्लबले बताएको छ।
उहाँले भन्नू भयो मेरो साथी यश क्लब भएकोले मैले नजिक बाट क्लबको सिद्धान्त बुझ्ने अवसर पाएकाे थिए, मलाई अन्य साथीहरू र यस क्लबको समाजिक कार्य नजिक बाट नियाल्नु थियो। साे नजिक बाट नियाल्ने अवसर पाए राम्रो कार्यमा रहेछ, यसको समाज प्रतिकाे उत्तरदायित्व अझै फराकिलो बन्दै जावस मैले सक्ने सहयोग सदैव हुनेछ। र दुर्गममा बालबालिका सँग यसरी नजिक बाट माया साट्ने अवसर दिएको मा क्लब र विद्यालय परिवारलाई साथै सार्वजनिक विदाकाे दिन पनि यसरी सहभागी भएको मा विद्यार्थीहरुलाई धन्यवाद दिनु भएको थियो।
कार्यक्रममा विद्यालयकाे सम्पूर्ण टिम सहभागी हुनु भएको थियो केही शिक्षक भने कार्य ब्यस्तताले सहभागी हुन पाउनु भएको थिएन। विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र खड्का, शिक्षक अ.सं. अध्यक्ष गणेश केसी अभिभावक टेकबहादुर केसी, नबराज खड्का, शिक्षकहरू पूर्व प्राध्यापक मानबहादुर केसी, सहप्राध्यापक राम प्रकाश खड्का, IT शिक्षक राेशन खड्का, कार्यलय सहयोगी वीर बहादुर खड्काकाे उपस्थिति रहेको थियो कार्यक्रम सञ्चालन क्लबका सचिव घनराज खड्काले गर्नु भएको थियो। सभा अध्यक्ष क्लबका अध्यक्ष दिपेश खड्काले गर्नु भएको थियो।प्रमुख अतिथि वि.व्य.स.अध्यक्ष राजेन्द्र खड्का, विशिष्ट अतिथि गणेश केसी र रञ्जना कामी रहनु भएको थियो अन्य अतिथिकाहरुमा विद्यालयका सम्पूर्ण शिक्षकहरु र रञ्जनाकाे साथमा आउनु भएका अनिल यादव, निलम सेन्चुरीलाई गराएको थियो।
स्वागत मन्तव्य विद्यालय दुई शिक्षकले राख्नु भएको थियो। पूर्व प्राध्यापक मानबहादुर केसीले मन्तव्य राख्दै भन्नू भयो। “मलाई यस्ता कार्य राम्रो लाग्छ तर पछिल्लो पुस्तामा यस्तो भावना निकै कम देखिन्छ। रञ्जनाले र उज्यालो युवाले केही नयाँ र फरक कार्यकाे थालुनि गर्नु भएको छ। यसलाई आफुले सक्ने जति अगाडि बढाउनु हाेला।” साथै सहप्राध्यापक राम प्रकाश खड्काले भन्नु भयो “पछिल्लो समय हाम्रो क्षेत्रबाट सक्रिय रुपमा सञ्चालन मा रहेको यस उज्यालो युवा क्लबले समाजिक विशेष गरि विद्यालयमा दिलाएको याेग्दान निकै प्रसंशा याेग्य छ। आज निकै टाढाको साथीहरूलाई भित्र्याएर केही फरक कार्य गर्नु भएको छ। यसको लागि क्लब परिवारलाई धन्यवाद छ। साथै यति टाढा दुर्गमकाे बस्तीमा आएर सामाजिक सेवाकाे भाव दिलाउनु हुने रञ्जना कामीलाई अझै आगामी दिनमा सशक्त भएर लाग्नु हाेला र तपाईं नेतृत्व भावले महिलालाई जागरुक बनाउन मद्दत पुर्याउछ।”
साथै शिक्षक संघ अध्यक्ष गणेश केसीले मन्तव्य राख्दै भन्नू भयो ” पछिल्लो समय युवा युवतीमा सहयोग भाव निकै कम देखिन्छ। तर उज्यालो युवा क्लब र रञ्जनाकाे यो
कार्यबाट हामीले नि केही गर्न सक्ने रहेछौं। अब सुरु गर्न जरुरी रहेको र यस्तो कार्यमा लाग्नु पर्ने रहेछ भने भाव दर्शाएकाे मा उज्यालो युवा क्लब र रञ्जना कामीकाे टिमलाई धन्यवाद दिनु भयो।”
अन्त्यमा विद्यालय परिवारकाे तर्फबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र खड्काले मन्तव्य राख्दै भन्नू भयो। “पछिल्लो समय देश यस्तो यस्तो भुमरीमा पसेको छ कि आम नागरिकलाई कुन कुरा सहि र कुन कुरा गलत छुट्याउन मुस्किल भइरहेको छ। देशमा महिला नेतृत्वको निकै कमि छ। महिला भनेको घरको दैलाे र चुलो का लागि मात्रै हुन भने यस्तो विकट भूगाेलमा आएर रञ्जनाले दिनु भएको यो शिक्षाले पक्कै केही फरक ल्याउने छ। देश अझै सक्षम नेतृत्वमा ५० वर्ष पछाडि ढकेलिन सक्ने सम्भावना छ। अब युवाले त्यसलाई चिर्न जरुरी छ। ५० वर्ष पछाडि हैन अब ०८४ मैले सक्षम नेतृत्वलाई जिम्मा दिनुपर्छ। मैले रञ्जनालाई सामाजिक सञ्जालमा फ्लाे गर्थे आज नजिक बाट नियाल्ने अवसर मिल्यो साच्चै तपाईै भित्रकाे त्यो समाजिक सेवा भाव अमुल्य रहेछ। तपाईं जस्तो महिला अबको देशको नेतृत्वमा पुग्नु पर्छ। तपाईं त कानुनकाे विद्यार्थी पक्कै तपाई जति सक्षम ब्यक्तिले भाेलिका दिनमा कानुन निर्माणमा महत्त्वपूर्ण भुमिका निभाउनु हुनेछ।”
कार्यक्रममा ९५ विद्यार्थी सहभागी रहेका थिए। सम्पूर्ण सहभागी विद्यार्थीहरूलाई क्लब र रञ्जनाकाे टिमबाट प्रति ब्यक्ति २ वटा कापी र ५ वटा कलम दिएको थियो। उक्त कार्यक्रम सामाग्री रञ्जना कामीले नै उपलब्ध गराउनु भएको थियो १९ हजार बराबरकाे सामाग्री वितरण गरिएकाे क्लबले बताएकाे छ।
अन्त्यमा कार्यक्रम समापन गर्दै अध्यक्ष दिपेश खड्काले भन्नू भयो हामी सधैं तपाईं साथमा रहेका छाैँ र सकेसम्म सकारात्मक कार्यबाट समाज परिवर्तन गर्ने प्रयास गर्ने छाैँ।यस्तै आज कर्णाली प्रदेश स्थापना दिवस भएकोले सार्वजनिक विदामा पनि विद्यार्थीलाई उपस्थित गराउन महत्त्वपूर्ण भुमिका खेल्नु हुने विद्यालय परिवार प्रति र उपस्थित विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो।