• २०८२ असार ३ गते मङ्गलवार
TRENDING

शारदा नगरपालिका सल्यानले आवासीय घरहरुको बिमा गर्ने भएको छ

खिमराज स्वर्णकार
सल्यान प्रेस डट्कम

जेठ १३, सल्यान । सल्यानको शारदा नगरपालिका भित्रका  आवासीय घरहरूको निशुल्क बिमा गर्ने भएको छ । कर्णाली प्रदेश सरकारको “घर बिमा” कार्यक्रममा नगरपालिका छनौट भएपछि  नगरवासीका आवासीय घरहरूको निशुल्क बिमा हुने भएको हो ।

नगरपालिकाले यसै आर्थिक बर्ष भित्र व्यवसायिक प्रयोजन बाहेकका सबै घरहरुको २० लाख रुपैया सम्मको निशुल्क बिमा गर्ने बताएको छ । भूकम्प, आगलागी, बाढी तथा डुबान, जमिन धसिने वा भासिने,  हावाहुरी, चट्याङ र असिनापानीका कारण क्षतिग्रस्त घरहरूलाई  बिमा मार्फत नगरपालिकाले क्षतिपूर्ति प्रदान गर्ने छ ।

बिमाको लागि आबस्यक कागजी कामका लागि सबै वडामा नगरपालिकाले प्रतिनिधि खटाउने र लगत संकलनमा आवस्यक सहयोग गरिदिन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले अनुरोध गरेका छन ।

सोमबार नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बिषयगत शाखाका प्रमुखहरु र   बिमा कम्पनीका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकमा घर बिमाको लागि तत्काल काम अघि बढाउने छलफल र निर्णय भएको थियो ।

 

 

प्रतिक्रिया लेख्नुहोस