• २०८२ असोज ३ गते शुक्रवार
TRENDING

जन्मदिनको अवसर पारी शैक्षिक तथा खेलकुद सामाग्री वितरण

खेमराज सुनार
सल्यान प्रेस डट्कम

भाद्र ५, सल्यान । अखिल नेपाल खेलकुद महासंघ सल्यानका अध्यक्ष तथा विद्यार्थी युवा नेता रवि किरण करालाले आफ्नो जन्मदिनको अवसर पारी शैक्षिक तथा खेलकुद सामाग्री वितरण गर्नुभएको छ ।

सल्यानको दार्मा गाउँपालिकावडा नं.२ मा रहेको श्री बालकल्याण माध्यमिक विद्यालय भुवन टाकुरीमा अध्ययनरत १२ जना गरिब, जेहेन्दार तथा असहाय विद्यार्थीहरूलाई शैक्षिक सामग्री र विद्यालयलाई खेलकुदका सामग्री (बल, नेट, पम्प) पनि प्रदान गर्नुभएको हो ।

जन्मदिनको नाममा केक काट्ने,पाटी गर्ने फजुल खर्चको सट्टा भबिष्यका कर्णधार विद्यार्थीहरूमा लगानी गर्न पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक सत्कर्मको बाटोमा आफुलाई उभ्याउने अटुट गर्नुभएको छ।

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीयबासीहरूको उपस्थिती रहेको थियो ।

 

 

 

प्रतिक्रिया लेख्नुहोस