फागुन २५, सल्यान। कपुरकोट गाउँपालिका र बागचौर नगरपालिकाले आ-आफ्ना क्षेत्रहरूमा सडक निर्माण तथा मर्मत कार्य भइरहेकाले सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन्।
कपुरकोट गाउँपालिकाको वडा नं. ६ अन्तर्गत टुनिबोट कोइला सडक स्तरोन्नति योजनाअन्तर्गत घुरखोला पिपलबोट नजिक कल्भर्ट निर्माण कार्य भइरहेको छ। निर्माण कार्य सम्पन्न नभएसम्म वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।
यसैगरी, बागचौर नगरपालिकामा पनि मदन भण्डारी राजमार्ग अन्तर्गत सत्यम जिल्ला बागचौर नपा वडा नं. ७ स्थित गैरागाउँ, धामिगाउँ, पिपलबोट देखि पोखरा नेटा सम्मका सडकहरूमा माटो कटिङ कार्य भइरहेको छ। उक्त कार्यका कारण २०८१ चैत्र २ गतेसम्म सडक अबरुद्ध रहने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित निकायले जानकारी गराएका छन्।
सडक मर्मत कार्यका कारण नागरिकलाई पर्ने असुविधाप्रति सम्बन्धित पालिकाहरूले क्षमायाचना गरेका छन्।