फागुन ९, सल्यान । सुनचाँदी व्यवसायी समिति सल्यानले सल्यान महोत्सव आगलागी पीडित ब्यापारीहरुलाई राहत सहयोग रकम हस्तान्तरण गरेको छ ।
माघ १८ गते देखि संचालनमा आएको दोश्रो बृहत सल्यान महोत्सवमा माघ २६ गते राती पौने ११ बजे तिर एक्कासि महोत्सवमा राखीएका स्टलहरुमा आगो लाग्दा ५३ जना ब्यापारीका ७४ स्टलहरुमा पुर्णरुपमा सखाप भैइ झण्डै ५ करोड बराबरको क्षती भएको थियो ।
उक्त यो दुखको घाउमा मलमपट्टी लगाउने देहले बिहिवार सुनचाँदी व्यवसायी समिती सल्यानले एक औपचारिक कार्यक्रमका साथ राहत संकलन समितिलाई पिडित ब्यापारीहरुको लागि रु. एघार हजार पाँच सय ११ रुपैयाँ राहत रकम सहयोग गरेको भनी सल्यान सुनचाँदी व्यवसायी समितिका अध्यक्ष रमेश सुनारले बताएका छन् ।