• २०८२ बैशाख ७ गते आइतवार
TRENDING

प्रचण्ड र बिप्लप सल्यान आउँदै

माघ २९, सल्यान । महान जनयुद्ध दिवसको अवसरमा सल्यानको बागचौरस्थित विपिन भण्डारी मेमोरियल पार्कमा विपिनको सालिक अनावरण गरिने भएको छ । सालिकको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त अना वरण गर्ने तय भएको हो । नेकपा सल्यानले खलङ्गामा पत्रकार सम्मेलन गर्दै विपिन फाउन्डेसनले जनयुद्धका क्रममा वेपत्ता हुनुभएका विपिनको सम्झनामा सालिक निर्माण गरिएको जानकारी दिएको छ । आगामी दिनमा सम्पूर्ण बेपत्ता, सहिद र घाइतेहरूका सम्झनामा सालिक तथा सभ्यता निर्माण गर्ने योजना रहेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस