माघ ८, सल्यान । सल्यानका प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई सुनचाँदी व्यवसायी समिति सल्यान द्वारा स्वागत एबंम परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
सुनचाँदी व्यवसायी समिति सल्यानले, महंगो धातुको व्यवसाय भएकाले सुरक्षाको दृस्ठिकोणमा जोखिम हुने हुँदा सुरक्षाको प्रत्याभुतीको लागि आह्वान गरेको छ !
त्यस्तै प्रमुख जिल्ला अधिकारी पुनले,आफ्नो कार्यकाल रहँदा सम्म सुरक्षाको प्रत्याभुती दिलाउने प्रतिबद्ध सहित कहिलेकाही चोरीको सुन बिक्री गर्न केही मानिसहरु आउन सक्छन् त्यसमा व्यवसायीहरु साबधान रहि दायरामा आई कारोबार गर्न सल्लाह सम्म दिनुभएको छ।
स्वागत एबंम परिचयात्मक कार्यक्रममा सुनचाँदी व्यवसायी समिति सल्यानका अध्यक्ष रमेश सुनार,निवर्तमान अध्यक्ष एबंम नेपाल सुनचाँदी व्यवसायी महासंघ समितीका केन्द्रीय सदस्य मेघराज सुनार, बरिस्ठ उपाध्यक्ष मोहनलाल सुनार,द्वितीय उपाध्यक्ष बिजय सुनार,महा-सचिव सबिन सुनार,सल्लाहकार बेद बहादुर सुनार लगायत अन्य कार्यसमिति सदस्य एबंम साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।