• २०८१ माघ १० गते बिहिवार
TRENDING

सुनचाँदी व्यवसायी समिती सल्यानको पहिलो पुर्ण बैठक सम्पन्न

पुस २७, सल्यान । सुनचाँदी व्यवसायी समिती सल्यानको पहिलो पुर्ण बैठक सम्पन्न भएको छ ।

सुनचाँदी व्यवसायी समिती सल्यानका अध्यक्ष रमेश सुनारको अध्यक्षता,नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य एबंम निवर्तमान अध्यक्ष मेघराज सुनारको बिशेष उपस्थिति र कार्यसमितिका पदाधिकारी र सदस्यज्युहरुको उपस्थितिमा महत्वपूर्ण निर्णयका साथ पहिलो पुर्ण बैठक सम्पन्न भएको हो ।

पहिलो पुर्ण बैठकले अब हुने प्रत्येक बैठकमा प्रत्येक पदाधिकारी तथा सदस्यहरुले कुनै पनि प्रस्तावहरु माथी छलफल गर्दा आफ्नो प्रस्ताव,सुझाब,राय राख्दा अगाडि आएर रोस्टम बाट माईक्रोफोन प्रयोग गरि राख्ने जस्ले गर्दा बोल्न सक्ने बाणीको बिकाश होउस् भन्ने हेतुका साथ यो अभ्यासलाई सुरुवात गरेको छ,र यो नियमित रुपमा पालना गर्ने निर्णय गरेको छ।

त्यस्तै सल्लाहकार समिति चयन भएको छ,जसमा भिम बहादुर बगाले(सल्लाहकार संयोजक),गंगाराम सुनार(सल्लाहकार सदस्य),हुमलाल सुनार(सल्लाहकार सदस्य),नोखिराम सुनार(सल्लाहकार सदस्य) र प्रदिप सुनार(सल्लाहकार सदस्य) गरि ५ जनाको सल्लाहकार समिती,र कानुनी सल्लाहकारमा डम्बर बहादुर वली,प्रेस सल्लाहकारमा खेमराज सुनारलाई नियुक्ति सहित प्रमाणपत्र र नियुक्ति पत्र प्रदान संगै विभिन्न रचनात्मक निर्णयहरुका साथ बैठक सम्पन्न भएको हो ।

प्रतिक्रिया लेख्नुहोस