• २०८१ माघ १० गते बिहिवार
TRENDING

शिक्षाको क्षेत्रमा गरेको लगानीलाई उच्च मुल्यांकन गर्नुपर्छःनगर-प्रमुख प्रकाश भण्डारी

पुस २७, सल्यान । शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले नगरपालिकाले शिक्षाको क्षेत्रमा गरेको लगानीलाई उच्च मुल्यांकन गरिने बताएका छन ।
नगरपालिकाले सामुदायिक विद्यालयलाई सुधार गरेको जनाएका उनले निजि क्षेत्रबाट चलेका विद्यालयलाई पनि सहयोग गरिरहेको बताएका हुन ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन सल्यानको पाँचौ जिल्ला अधिवेशनलाई उद्घाटनका क्रममा उनले सबैले समाजका निम्ति केही न केहि गर्नुपर्ने भन्दै निजि क्षेत्रलाई पनि त्यसमा लाग्न अनुरोध गरेका छन ।
सपना हुनेहरूले केही गर्ने भएकाले हरेक नागरिकले उर्जाशिल समय सकारात्मक कर्ममा लगाउनुपर्ने उनको भनाई छ । सकारात्मक कर्म नगरे आजका स्वाभिमानीहरू कुनैवेला दास बन्न तयार हुनुपर्ने उनको भनाई थियो  ।
कार्यक्रमका विशिष्ट अतिथि प्याब्सनका उपाध्यक्ष नैनसिङ खत्रीले रातो कार्पेट विछ्याएर राज्यले नै ल्याएका निजी विद्यालयलाई अहिले विभेद गरिरहेको बताए । राज्यले निजि विद्यालयलाई मुआव्जा दिएर राष्ट्रियकरण गरे आफुहरू तयार रहेको भन्दै उनले राज्यले आफुलाई विभेद गरिरहेकोमा दुःख व्यक्त गरे ।
कार्यक्रममा प्याब्सन पुर्व केन्द्रीय उपाध्यक्ष बालदिप कडेलले सरकारका हरेक तहले निजि क्षेत्रलाई संगै लिएर जानुपर्ने बताए ।
प्याव्सनका प्रमुख सल्लाहकार पुर्ण बहादुर बस्नेतले प्याब्सनको प्रतिनिधित्व नगर शिक्षा समितिमा हुनुपर्ने भन्दै बसाइँ सराईले शिक्षण संस्थामा विद्यार्थी घटिरहेका तर्फ सजग हुनुपर्ने बताएका छन।
कार्यक्रममा शारदा नपा वडा न ३ का अध्यक्ष तुलसा भण्डारी, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत, प्याब्सनका कर्णाली सचिव वेद प्रकाश ढकालले, नेशनल प्याब्सन सल्यानका अध्यक्ष कमल थापाले शुभकामना मन्तव्यराखेका थिए ।
अधिवेशनमा प्याव्सनमा आवद्ध ६ वटा नयाँ सदस्य विद्यालयलाई स्वागत गरिएको छ ।
त्यस्तै संस्थागत विद्यालयतर्फ २०८० को SEE मा जिल्ला उत्कृष्ट अंक प्राप्त गर्ने एमएम एकेडेमीकी छात्रा गंगा बुढाथोकी दोस्रो अंक प्राप्त गर्ने मोर्डन तुल्सी एकेडेमीका छात्र निशान केसीलाई सम्मान गरिएको छ ।
विषयगतमा उत्कृष्ट हुुने शिक्षकहरू कुबेर गिरी, लिलादेवी कोईराला, खिमा रिजाल र गणेश चौधरीलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।
जित बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिलाई भरत बस्नेले स्वागत गरेका थिए भने संचालन खिम राज डिसीले गरका थिए ।

प्रतिक्रिया लेख्नुहोस