पुस २१,सल्यान । जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यान,ईलाका प्रहरी कार्यालय शितलपाटीको आयोजना र शारदा मेट्रो अस्पताल प्रा.लि श्रीनगर सल्यान, साथै सल्यान रुकुम यातायात प्रा.लि को सहकार्यमा आईतवार शारदा मेट्रो अस्पताल प्रा.लि श्रीनगर सल्यानमा सवारी चालक र सहचालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालक र सहचालकहरुको आँखा जाँच,प्रेसर जाँच साथै दुर्घटना न्यूनीकरणका लागि चाल्नु पर्ने कदम बारे सवारी चालक र सहचालकहरुलाई प्रशिक्षण समेत दिईएको छ।
उक्त स्वास्थ्य परिक्षण कार्यक्रममा बस,ट्रक,मिनि ट्रक,ट्याक्टर,अटो र मोटरसाइकल गरि करिबन ५० जना भन्दा माथी चालक र सहचालकहरुको सहभागी रहेको थियो !
सवारी दुर्घटना न्यूनीकरणका लागि अन्य थुप्रै जनचेतनामूलक कार्यक्रमहरु गरिरेको र आगामी दिनमा पनि यी र यस्तै कार्यक्रमहरु निरन्तर रुपमा हुने ब्यहोरो जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र बहादुर शाहीले बताउनु भएको छ ।