• २०८१ माघ १० गते बिहिवार
TRENDING

नेपाल पत्रकार महासंघ सल्यानको आयोजनामा पत्रकार सद्भाव वनभोज हुदैँ

पुस १९, सल्यान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा शनिवार पत्रकार सद्भाव वनभोज आयोजना गरिएको छ ।

जिल्लाको सदरमुकाम खलंगा स्थित चन्द्रपाला पार्कमा शनिवार पत्रकार सद्भाव वनभोज हुन लागेको हो ।
पत्रकार विचको आपसी सद्भाव र आत्मियता कायम गर्दै जहिले पनि जहाँ पनि पत्रकार र पत्रकार महासंघ सँगसँगै छन् भन्ने सन्देश प्रवाहका लागि वनभोजको आयोजना गरिएको हो ।
यस वनभोजले पत्रकारहरु विचमा भावनात्मक सम्बन्ध स्थापित गर्दै समन्वय र सहकार्यलाई अझ विकास गर्ने महासंघका जिल्ला अध्यक्ष डिल्लीराज रावतले जानकारी दिनुभयो ।
चन्द्रपाला पार्कको प्रचारप्रसार गर्दै स्थानीय पर्यटन प्रवद्र्धन गर्नका लागि पनि वनभोज गरिएको रावतको भनाइ छ ।
पत्रकार सद्भाव वनभोजमा महासंघका सबै साधारण सदस्य, पत्रकार तथा सञ्चारकर्मी सबैलाई सहभागिताका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस