सल्यान प्रेस ।
पुस १९, सल्यान । सल्यान जिल्ला बागचौर नगरपालिका वडा नं ८ कोटमौलामा रहेको श्री कालिका माध्यामिक विद्यालयले मिति २०८१ फागुन ०६ गते स्वर्ण जयन्तिको अवसर पारेर बिद्यालयको दिर्घकालिन आत्मनिर्भरताको लागि बिद्यालय हितकोष तथा स्मारीका प्रकाशन कार्यक्रमको आयोजना गर्दैछ ।
उक्त महान अभियानमा जोडिन र आर्थिक सहयोग गर्न, उक्त बिद्यालयका पुर्व बिद्यार्थी शिक्षकहरु,बर्तमान शिक्षकहरु,राजनैतिक कर्मीहरु,व्यापारी,बुद्धिजीवी,समाजसेवी,कर्मचारी,कृषक,उद्योगकर्मी, विभिन्न संघसंस्था र अभिभावक लगायत सरोकारवाला सबैलाई आह्वान गरिएको छ।
सहयोगी दाताहरुलाई तपशिल बमोजिमको सम्मान गरिने छ !
१) रु.१ सय देखि रु.४९९ /- सम्म रुपैयाँ सहयोग गर्ने दाताहरुको नाम स्वर्ण जयन्तीको अवसर पारी गरिन लागेको कार्यक्रमको दिन नाम बाचन गरि अभिलेखमा राखिने छ ।
२) रु. ५ सय देखि रु.९९९ /- सम्म रुपैयाँ सहयोग गर्ने दाताहरुको नाम स्वर्ण जयन्तीको अवसर पारी गरिन लागेको कार्यक्रमको दिन नाम बाचन गरि अबिर आबरण गर्ने र अभिलेखमा राखिनेछ ।
३) रु. १ हजार देखि रु.४,९९९ /- सम्म रुपैयाँ सहयोग गर्ने दाताहरुको नाम स्वर्ण जयन्तीको अवसर पारी गरिन लागेको कार्यक्रमको दिन सम्मान ,प्रमाणपत्र वितरण र स्मारिकामा नाम प्रकाशन गरिनेछ ।
४) रु. ५ हजार देखि रु.२९,९९९ /- सम्म रुपैयाँ सहयोग गर्ने दाताहरुको नाम स्वर्ण जयन्तीको अवसर पारी गरिन लागेको कार्यक्रमको दिन सम्मान ,फेरेम सहितको प्रमाणपत्र,स्मारिकामा नाम प्रकाशन,सिलालेखमा नाम र बिद्यालयको हितकोष संस्थापक सदस्यमा राखिने छ ।
५) रु. ३० हजार देखि रु.४९,९९९ /- सम्म रुपैयाँ सहयोग गर्ने दाताहरुको नाम स्वर्ण जयन्तीको अवसर पारी गरिन लागेको कार्यक्रमको दिन सम्मान ,फेरेम सहितको प्रमाणपत्र,स्मारिकामा नाम प्रकाशन,सिलालेखमा नाम,बिद्यालयमा फोटो र बिद्यालयको हितकोष संस्थापक सदस्यमा राखिने छ ।
६) रु. ५० हजार देखि माथी सहयोग गर्ने दाताहरुको नाम स्वर्ण जयन्तीको अवसर पारी गरिन लागेको कार्यक्रमको दिन सम्मान ,फेरेम सहितको प्रमाणपत्र,स्मारिकामा नाम प्रकाशन,सिलालेखमा नाम,बिद्यालयमा फोटो र बिद्यालयको आजिबन हितकोष संस्थापक सदस्यमा राखिने छ ।