• २०८१ माघ १० गते बिहिवार
TRENDING

लागु औषध बिरुद्धको विद्यालय स्तरिय सचेतनामुलक कार्यक्रम” सुरु

सल्यान प्रेस ।

पुस १७, सल्यान । इलाका प्रहरी कार्यालय थारमारे, सल्यान र बागचौर नगरपालिका, सल्यानको सहकार्यमा संचालित “लागु औषध बिरुद्धको विद्यालय स्तरिय सचेतनामुलक कार्यक्रम”सुरु भएको छ ।

इलाका प्रहरी कार्यालय थारमारे, सल्यानको “लागुऔषध दुर्व्यसनि तथा ओसारपसार न्युनिकरण कार्ययोजना -२०८१” अन्तर्गत पुस १७ गते बुधवारका दिन जनकल्यान माबि थारमारेको सभाहलम शुरु भएको हो।

बागचौर नगरपालिका सल्यानका सबै माविका कक्षा ९ र कक्षा १० मा अध्ययनरत बिद्यार्थिहरुलाई लागु औषध बिरुद्धको विद्यालय स्तरिय सचेतनामुलक कार्यक्रम गर्ने ईलाका प्रहरि कार्यालय थारमारेका कार्यालय प्रमुख दाम क्षेष्ठले बताउनु भएको  छ । कार्यक्रमको प्रमुख अथिति बागचौर नगर उप-प्रमुख सुम्निमा डिसि वलि बिशिस्ट अथिति निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, वडा नं. २ का वडा अध्यक्ष दिपेश डिसि शिक्षा शाखा प्रतिनिधि लक्ष्मी नारायण के.सी, वडा सदस्य, शिक्षक, अभिभावक, विद्यार्थी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।  भने,कार्यक्रमको सहजिकरण प्रहरि जवान टिका भणडरीले गर्नुभएको थियाे ।

प्रतिक्रिया लेख्नुहोस