• २०८१ माघ १० गते बिहिवार
TRENDING

सल्यान सुनचाँदी व्यवसायी समितिको ५औं अधिबेशन बाट,रमेश सुनार अध्यक्षमा सर्बसम्मत निर्वाचित,

पुस १३, सल्यान । सल्यान सुनचाँदी व्यवसायी समितिको ५औं अधिबेशन बाट रमेश सुनार सर्बसम्मत निर्वाचित भएका छन् ।

सनिबार ,सल्यान श्रीनगरमा सम्पन्न सल्यान सुनचाँदी व्यवसायी समितिको ५औं अधिबेशनमा उपस्थित भएका ,समितिमा आबद्ध ६० जना सदस्यहरुको सर्बसम्मत बाट अध्यक्षमा रमेश सुनार,बरिस्ठ उपाध्यक्षमा मोहनलाल सुनार,प्रथम-उपाध्यक्षमा स्यामलाल सुनार,द्वितीय-उपाध्यक्षमा बिजय सुनार,महासचिवमा सबिन सुनार,सचिबमा सुमन बिक,कोषाध्यक्षमा होते सुनार,बरिस्ठ सदस्यमा खिम बहादुर सुनार र सदस्यहरु क्रमशः भिम बहादुर महर,राजेश सुनार,अर्जुन सुनार,सुमन बिक,संजिब बिक,टिके सुनार,हरिनारायण बिक,यादव सुनार र किरण बिक गरि १७ जना सर्बसम्मत बाट निर्वाचित हुनु भएको छ ।

सल्यान सुनचाँदी व्यवसायी समितिको बिधान अनुसार निर्वाचित कार्यसमिति १७ जनाको हुने व्यवस्था रहेको र १ जना सदस्यलाई अध्यक्षले मनोनीत गर्ने र १ जना सदस्यलाई कार्यसमितिले मनोनीत गरि जम्मा १९ जनाको कार्यसमिति हुने ब्यहोरा निर्वाचन समितिका संयोजक वीर बहादुर सेजवालले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस