• २०८१ माघ १० गते बिहिवार
TRENDING

सल्यान सुनचाँदी व्यवसायी समितीको ९औं साधारणसभा सम्पन्न

पुस १३, सल्यान । सल्यान सुनचाँदी व्यवसायी समितीको ९औं साधारणसभा एक औपचारिक कार्यक्रमका बिच होटेल युनाईटेडको हल श्रीनगर सल्यानमा सम्पन्न भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय कोषाध्यक्ष सुदिप कुमार श्रेष्ठको प्रमुख आतिथ्यता,प्रमुख जिल्ला अधिकारी सम्भु प्रसाद रेग्मीको बिशिस्ट आतिथ्यता र जिल्ला स्थीत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु,जिल्ला प्रहरी कार्यालय सल्यान,नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यान,रास्ट्रीय लोकदोहोरी प्रतिस्ठान जिल्ला शाखा सल्यान,रास्ट्रीय दलित पत्रकार संघ जिल्ला शाखा सल्यान,उद्योग बाणिज्य संघ सल्यान,श्रीनगर बजार व्यवस्थापन समिती लगयतका प्रमुख तथा प्रतिनिधिहरु ज्युहरुको आतिथ्यता र सल्यान सुनचाँदी व्यवसायी समितमा आवद्ध सदस्य ज्युहरुको सहभागीतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसाय महासंघका केन्द्रीय कोषाध्यक्ष सुदिप श्रेष्ठले सुनचाँदी व्यवसायीले राज्यलाई १५ अरव भन्दा बढी राजस्व तिरेपनि निति तथा कार्यविधिका कारण आफुहरू समस्यामा परेको बताएका छन्।

उनले सुनको वितरण प्रणालीमा भएको विधभेदका कारण व्यवसायीहरू मारमा परेको भन्दै अब त्यसको समाधान गर्ने अभियानमा लागेको बताए ।
देशमा दैनिक २० केजी  गरि ५ दिनमा १०० केजी सुन आयात हुने त्यसमध्ये ५० केजी बाग्मती अञ्चल र बाँकी ५० केजी १३ अञ्चलका लागि वितरण हुने भएकाले त्यो असमानता अन्त्य गर्ने अभियानमा आफुहरू लागेको उनको भनाई छ ।
२०६८ सालमा बनाईएको कार्यविधि अनुसार बागमतीले हालिमुहाली गरिरहेको सुन व्यवसायमा समानुपातिक वितरण प्रणाली लागू गर्न कार्यविधि निर्माणका लागि सबैको प्रतिनिधित्व हुनुपर्ने धारणा राखे ।

राष्ट्र बैंकको गलत नितिका लागि अस्वस्थ्य प्रतिस्पर्धा भएको भन्दै उनले समयलाई चिनेर व्यापार गर्न नसक्दा र आधुनिकता तथा कर प्रणाली नबुझ्दा व्यवसायीहरू झमेलामा परेको बताए ।

व्यवसायीहरू ग्राहकको सुनकिन्दा, समयमा कच्चा पदार्थ नपाउदा, कर प्रणालीमा जान नसक्दा र सुन ओसार प्रसारमा समस्या हुदा समस्यामा परेको बताएका उनले केन्द्रीकृत व्यापारलाई राज्यले गरेको प्रोत्साहनले ग्रामिण क्षेत्रका व्यवयासी मारमा परेको धारणा राखे ।
उनले महंगो व्यवसायका कारण सुरक्षाको चुनौती बढ्नेहुदा खरिद सम्बन्धि विचार पुर्याएर राज्यका ऐन नियम विपरित गलत कृयाकलापबाट आएका गहनाको विल भर्पाई खोजेर भौचर तयार गरेमा अप्ठ्यारो नहुने बताए ।
उनले व्यवसायीको हित लागि आफुहरू तयार रहेको बताउदै भनेः “तपाई कार्यक्रम गर्नुस महासंघले बजेट पठाउँछ । आधुनिक डिजाइनको लागि तालिम बनाउन महासंघ तयार छ । यहाँ खपत हुने गहना यहि उत्पादन हुनुपर्छ । कच्चा पदार्थ त दाङ नेपालगन्जबाट आउला तर गहना त यहि उत्पादन गर्नुपर्छ ।”

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले  सुनचादी व्यवसायले देशको अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले व्यवसायीहरूलाई पेशामा कटिबद्ध भएर लाग्न अनुरोध गरेका छन्।
नीतिगत कुरा संगै देश, जनता र पेशा प्रति व्यवसायीहरू कटिबद्ध हुनुपर्ने बताए ।
सुनचाँदी परम्परा र रितिरिवाजसंग जोडिएकोले व्यवसायीले सानो त्रुटी गर्दा  तरंग पैदा हुन्छ त्यसकारण ज्याला जर्दी का विषयमा आफै इमान्दारिता बन्नुपर्ने उनको भनाई छ ।
उनले कानुनलाई व्यवहारिक बनाउदै भएको कानुन पालना गरेर काम गरे कसंसंग डराउन नहुने र जनताको जिउ धनको सुरक्षा गर्ने राज्यको दायित्व भएकाले सानो लापरबाहीले ठूलो क्षती हुनसक्ने भएकाले समस्या समाधानका लागि प्रविधिको प्रयोग गर्नुपर्ने बताए ।

मेघराज सुनारको अध्यक्षतामा भएको पाँचौ अधिवेशन तथा नवौं साधारणसभाको संचालन रमेश सुनारले गरेका थिए । भरत सुनारको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा अन्य अतिथिहरुले शुभकामना दिदै कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस