• २०८१ माघ १० गते बिहिवार
TRENDING

१३ ओभरभित्र हार्नबाट जोगिएसँगै कर्णाली एनपीएलको प्लेअफमा, काठमाडौं आउट

पौष १, काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ । आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम रोयल्ससँग १३ ओभरभित्र हार्न जोगिएसँगै रनरेटमा काठमाडौं गुर्खाजलाई पछि पार्दै कर्णालीले प्लेअफमा स्थान पक्का गरेको हो ।

पहिला ब्याटिङ गरेको कर्णालीले १ सय २ रनको सामान्य लक्ष्य दिएको थियो । त्यो लक्ष्य सुदूरपश्चिमले १३ ओभरभित्र पूरा गरेको भए कर्णालीको प्लेअफ ढोका बन्द हुन्थ्यो भने काठमाडौं गुर्खाजका लागि खुल्थ्यो ।

योसँगै एनपीएलको प्लेअफमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ । सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सले प्लेअफमा स्थान सुरक्षित गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस