मंसिर ३०, सल्यान । २०८० साल कार्तिक १७ गते जाजरकोटमा केन्द्रविन्दु बनाई गएको भूकम्पवाट क्षतिग्रस्त भौतिक पूर्वाधारहरुको पुनर्निमाण, तथा पुनःस्थापना वा पुनर्लाभको लागि सल्यान जिल्ला अन्तरगत दार्मा गाँउपालिकामा संयुक्त राष्ट्रसंघ विश्वखाद्य कार्यक्रमले बेलायत सरकार–बेलायती राजदूतावास काठमाण्डौंको आर्थिक सहयोगमा “भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक पूर्वाधारको पुनर्लाभ परियोजना” “Recovery of Earthquake Damaged Public infrastructure (REDI) कार्यक्रम २०८१ साल बैशाखदेखि संचालन गर्दै आइरहेको छ र उक्त कार्यक्रम २०८१ साल चैत्र महिनासम्म संचालन हुने छ ।
यस परियोजनाको पूर्वतयारी चरणमा स्थानीय तह र विश्व खाद्य कार्यक्रमले संयुक्त रुपमा सार्वजनिक पूर्वाधारहरुको क्षतिको विवरण संकलन तथा लेखाजोखा गरेको थियो र उक्त विरवरणको आधारमा स्थानीय तहले क्षतिग्रस्त भएका र थप क्षतिग्रस्त हुनबाट जोगाउन सकिने, श्रममा आधारित हुनसक्ने र रोजगारी सृजना गर्न सकिने आयोजनाहरुलाई पुननिर्माण तथा पुनःस्थापना वा पुनर्लाभका लागि प्राथमिकीकरण गरी उक्त परियोजना अन्तरगत कार्यन्वयन गर्नको लागि निर्णय गरेर हाल विश्व खाद्य कार्यक्रम मार्फत कार्यान्वयन भरहेको छ । यस कार्यक्रमको सहयोगमा हाल १४ वटा स्थानीय पूर्वाधारहरु निर्माण/पुनर्निर्माण भइरहेको छ ।
जस अन्तरगत ४ वटा सतह सिंचाई, ५ वटा खानेपानी, २ वटा सडक, १ वटा पर्यटकीय पदमार्ग, १ वटा विद्यालय भवन र १ वटा वडा कार्यालय भवन छन् ।
जसमध्ये १२ वटा योजनाहरु उपभोक्ता समितिहरुमार्फत निर्माण भइरहेका छन्,जसअन्तरगत ८३० घरधुरीवाट (दक्ष तथा अदक्ष कामदारको रुपमा) प्रत्यक्ष रुपमा निर्माण काममा संलग्न भइरहेका छन् भने बाँकी २ वटा योजनाहरु (विद्यालय भवन र वडा कार्यालय) ठेकेदारमार्फत निर्माणकार्य संचालन भइरहेको छ ।
यस दार्मा गाउँ पालिका अन्तरगत (REDI) कार्यक्रम अन्तरगत संचालन भइरहेको माथि उल्लेखित १४ वटा विभिन्न योजनाहरुको अनुमानित कुल लागत रु. ७,१८,२२,८२७ (सात करोड १८ लाख २२ हजार ८२७ रहेको छ। यीमध्ये उपभोक्ता समितिहरुद्घारा निर्माण संचालन भइरहेको १२ वटा योजनाहरुको अनुमानित लागत रु. ५,२७,०३,६६७ छ र ठेकेदारमार्फत निर्माणधिन २ वटा योजनाहरुको अनुमानित लागत रु. १,९१,१९,२०५ छ।