• २०८१ माघ १० गते बिहिवार
TRENDING

सुनको भाउ घटेर डेढ लाख मुनि झर्यो

मंसिर २३, काठमाडौं । सुनको भाउ तोलामा डेढ लाखमुनि झरेको छ ।

अघिल्लो दिनको तुलनामा आज ४ सय रुपैयाँले मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी यस दिन १८६५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया लेख्नुहोस