• २०८१ माघ १० गते बिहिवार
TRENDING

प्रचण्डले गरे ३ वाम दलसँग एकता वार्ता

माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेसपा निकट नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यसबारे जानकारी दिएका हुन् ।

तर उनले कुन–कुन दलसँग वार्ता भएको हो भन्ने खुलाएनन् । स्रोतका अनुसार प्रचण्डले नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव समूह र महिन्द्र राय यादव नेतृत्वको नेसपासँग एकताको पहल गर्दै आएका छन् ।

मंसिर २३, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सनिवार तीन वामपन्थी दलसँग एकता वार्ता गरेका छन् ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम एकताको विकल्प नभएकोमा धेरैको साझा निष्कर्ष बन्न थालेको भन्दै अब वृहत एकता र धुवीकरणको बाटो फराकिलो बन्ने विश्वास व्यक्त गरे ।

एक अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताए । विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुङ्गोमा पुर्याउन ‘दायाँ–वायाँ कोण’बाट प्रस्ताव आए पनि आफूले सहमतिमै जोड दिएको भन्दै उनले नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।

एकथरि शक्तिमा यो माओवादी र कांग्रेसको मात्रै समस्या हो जस्तो देखाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई राष्ट्रिय सहमतिबाटै टुंगोमा पुर्याउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया लेख्नुहोस